कोरोनाबाट निधन भएका डा. हरि सापकोटालाई कर्णाली प्रदेश सरकारले सम्मान गर्ने
काेराेना संक्रमणका कारण ज्यान गुमाएका कर्णाली प्रदेश अस्पतालका अर्थोपेडिक सर्जन प्रोफेसर डाक्टर हरि सापकोटालाई कर्णाली प्रदेश सरकारले उच्च मूल्याङ्कन गर्दै सम्मानका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशमा डाक्टर सापकोटाले पुर्याएको योगदान र कोरोना रोकथाम को नियन्त्रणमा उनले पुर्याएको योगदान को कदर गर्दै सम्मान गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा महाशाखा का प्रमुख विरसवहादुर शाहीले बताए छन।
उनी उपचारको लागि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । उपचारका क्रममा डाक्टर सापकाेटाकाे बिहिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएकाे हाे ।उनको ५९ वर्षको उमेरमा निधन भएको छ।
0 Comments
Post a Comment