नयाँ बर्ष 



- कविता। 



नयाँ बर्ष, 
आऊ, तिमी आऊ
 तिमी आउनै पर्छ,
तिमि आउँदा , 
खुशीको बहार लिएर आउनु 
आर्थिक सम्बृदिको लहर बोकेर आउनु
 शान्तिको सन्देश लिएर आउनु 
मानवताको चिराग बालेर आउनु 
न्यायको तराजु समाएर आउनु
 चेतनाको बिगुल फुक्दै आउनु
 समृद्धिको रेखा कोर्दै आउनु
 
हो नयाँ बर्ष 
तिमी आऊ 
तिमी छिट्टै आऊ
 किन भनौला
 दु:खको सागरमा हराइरहेछ मान्छेको खुसी
 लाखौं मान्छेहरु मर्न लागिरहेछ्न् ,
 अपरिचित तत्वको घुसपैठले 
अशान्तिको माहौल खडा भैरहेछ 
न्याय रोइरहेछ,
 मान्छेले मान्छे चिन्न छोडीरहेछन् 
मानवता हराउन लागिरहेछ
हो साच्चै भन्या, 
न्याय हराइरहेछ यहाँ
 जाली,फटाहाले भुडी भरिरहेछन् 
सोझा-साझा परिश्रमी भोकभोकै मरिरहेछन्
 मान्छेको बिश्वास डग्मगाएको छ यहाँ 
भरोसा त्यसै त्यसै तिल्मिलाएको छ यहाँ
त्यसैले तिमी आउँदा
 अदम्य साहस बोकेर आउनु 
दृढ बिश्वास लिएर आउनु 
आत्म सम्मान जगाउनु छ यहाँ
 चौतर्फी ऐक्यबद्द्ता जनाउनु छ यहाँ ।।

✍ ज्ञानेन्द्र शर्मा  , सुर्खेत 
  -२०७९-१२-२९