कर्णाली प्रदेशका जनता मोबाइल बैंकिङ प्रयोग गर्नेमा अगाडि!!
कर्णलाी प्रदेशका धेरै ठाउँहरूमा धेरैजसो बैंकको शाखा कार्यलय नहँदा यहाँका जनताले मोबाइल बैंकिङलाई प्राथमिकता दिएको राष्ट्र बैंकको भनाइ छ ।शाखा कार्यलयको पहुँचमा नहुँदा बैंकिङ सेवाको आवश्यकता पुरा गर्न यहाँका प्रयोगकर्ताले मोबाइल बैंकिङ धेरै प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ३४.५२ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशका छन्।
त्यसैगरी दोस्रो र तेस्रो नम्बरमा सबैभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता भएको प्रदेश क्रमश: सुदूरपश्चिम र लुम्बिनी प्रदेश रहेको छ । कर्णालीपछि सबैभन्दा धेरै ३३.३९ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता सुदुरपश्चिमका छन् भने तेस्रोमा, ३३.१५ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता लुम्बिनी प्रदेशको रहेको छ ।
त्यस्तै, बागमति प्रदेशमा ३३.१२ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता छन् भने प्रदेश १, गण्डकी र प्रदेश २ मा क्रमश: ३१.६३ प्रतिशत, ३०.९१ प्रतिशत र २७.०१ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् ।
0 Comments
Post a Comment