पशु भन्दा नि निच हुदैछ मानब!
✍दिपचन्द्र बयक क्षेत्री
भन्नलाई त भनिन्छ
नि मानब सर्बश्रेष्ठ
प्राणी हो तर यर्थातमा अहिले म यो भनाई
गलत हो भन्न बिबस छु
। मानबमा देख्न
नपाइने मानबता आजभोली
साधारण ठानिएका पशु
पन्क्षिमा देखिनुले मलाई अचमभित
बनायो । एकछिन म एकाग्र
भएर सोच्न बिबस
भए, हामी मानब
समुदायको हकिगत अबस्था
। केबल क्षणिक
सुख सुबिधाका लागी
आफ्नो इमान पनि
बेचे कतिले, केबल
क्षणिक आनन्दको लागी
आफ्नो पहिचान पनि
बेचे कतिले । यति सम्म
निच भइसकेछ मानब
जस्ले गर्दा म मानब जाति
अन्र्तगतको एक प्राणि
हु है भन्न पनि श्रम
मान्नुपर्ने अबस्था आउला
भन्ने डर लाग्न
थालिसक्यो । कहिले
काहिँ यो छाती चस्किन्छ, भक्कानिन्छ यो
मुटु, भरिन्छन गहभरी
आशु । जब म सुन्दछु
ति अप्रिय घटनाका
समाचारहरु । आफ्नै
बाउद्वारा पनि बलतकृत
हुन पुगे कयौँ
निदोष छोरीहरु, आफ्नै
छरछिमेकका दाजुभाईहरुबाट पनि बलतकृत
भए कयौँ दिदी
बहिनीहरु, दाइजो नल्याएको
निउमा धेरै नारीहरु
जिउदै जल्न समेत
बिबस भए । कसैको नौलो
बिबाहमा जन्तीका रुपमा
भोज भतेर खान
आएका नारीहरुको कुरा
सुन्दा कतै नारिहरु
आफुले आफैलाइ नै
समस्याको खाडलमा धकेलिरहेका
त छैनन् भन्ने
लाग्छ । कानेखुसी
पनि कति गर्नुपर्ने,
त्यो पनि नौली
दुलहीको सुन, चादिँ
र दाइजोको बिषयलाइ
लिएर । यसरी हेर्दा नारीहरु
आफैपनि समस्याका आधारीस्तम्भ
हुन कि जस्तो
लाग्छ । सासुद्वारा
बुहारिलाइ निर्मम तरिकाले
कुटपिट भन्ने जस्ता
अप्रिय समाचारका शिर्षकले
पत्र पत्रिका बुट्टा
भरिएर आउछन अनि
कसरी पढ्नु पत्र
पत्रिका ।
देशमा कानुन छ
छनलाई तर खै कानुनलाई पनि राजनितिक
दुर्गन्धले छोएको हो
कि भन्ने लाग्दै
छ अचेल । खै त
पिडित पक्षले न्याय
पाएको ? निर्मला पन्तको
बलातकार पछि हत्या
भएको झन्डै दुइ
बर्ष बितिसक्दा पनि
पिडित पक्षले न्याय
नपाउनुले कतै राजनितिक
चलखेलबाट नै घटनालाइ
सामसुम त पारिदै
छैन भन्ने लाग्न
थालेको छ । त्यसपछि पनि यस्ता
थुप्रै घटनाहरु घटे
। केहीँले न्याय
पाए भने केहीँले
शोक मनाएर बस्नु
बाहेक केहि बिकल्प
देखिएन । खै कता हराएछ
मानबता ?
फेसबुक स्टाटस पढ्दै
जादा कसैले अपलोड
गरि राखिदिएको एउटा
भिडियो सामाग्री भेटियो
। प्राय फेसबुको
न्युज फिडमा भेटिने
कुनै पनि भिडियो
सामाग्री नहेरेर नै
अघि बढ्ने म त्यो भिडीयो
सामाग्री नहेरेर अघि
बढ्नै सकिन । मनले मानेन डाउनलोड
समेत गरिहाले ।
त्यो भिडियो सामाग्र्रीले
मलाई एकोहोरो तान्यो
। हेर्दाहर्दै कुन
बेला तप्प आशु
खसीसके छ थाहा नै भएन
। त्यो भिडियो
सामाग्रीमा देखिएको मानब प्रति
पशुपन्क्षीको अथाहा प्रेमले
मलाई एकछिन लज्जीत
बनायो । त्यती सम्मको माया,स्नेह र
प्रेम त हामी आफ्ना दाजु
भाई दिदी बहिनीसँग
पनि गर्दैनौँ ।
त्यती सम्म पनि
जनावरको बिबेकले सोच्न
भ्याउदोरहेछ । पशुपन्क्षीमा
पनि भावना हुदो
रहेछ । आफ्नो पन हुदो
रहेछ । अपनत्वको
भावना हुदो रहेछ
। रुप, रंग,
बनावट जुनसुकै कोणबाट
हेर्दा पनि मानब
भन्दा बिलकुल फरक
रहेका पशुपन्क्षीको मनमा
समेत अरुका लागी
स्थान हुदो रहेछ
। जुन आजको
यो जमानामा मानबमा
समेत पाइदैन ।
यो दृश्यले मलाइ
थप भावुक बनायो
।
अब त मानबताको
पाठ र नैतिक शिक्षा भन्ने
कुरा पशुपन्क्षीबाट सिक्नुपर्ने
अबस्था नआउला भन्न
सकिन्न ।
0 Comments
Post a Comment