आच्चुआच्चु गरेर जोगियो मुख्यमन्त्री शाहीको पद!
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो । सहमती भएसङै ८ जना सांसदहरु अविश्वासको प्रस्ताव बाट पछी हटेका छ्न्।यो सङै खस्की सकेको
मुख्यमन्त्री शाहीको पद आच्चुआच्चु भएर बचेको अड्कल गरिएको छ।
0 Comments
Post a Comment