खेल हेर्न जहाँ पनि रुख/छत नै चढ्नुपर्ने!!
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चमा बिहीबार ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न दर्शक खचाखच थिए । खेल हेर्ने स्थानको अभाव भएपछि दर्शकहरुले रुख, पर्खाल, घरको छत एवम् बसको छतमा चढेर खेलको अवलोकन गरेका छन्।
प्यारापिटसहितको रंगशाला नभएकाले दर्शकको सुविधाका लागि आयोजकले खेल मैदानमा १३ वटा बस राखेर खेल हेर्न सहज बनाइदिएका थिए ।
पुस २० देखि सञ्चालित प्रतियोगिताको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको छ ।
0 Comments
Post a Comment