कालिकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा आगलागी!!
सुर्खेत । सुर्खेतमा गुडिरहेकाे यात्रुबाहक बसमाथि आगलागी भएको छ । कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा सुर्खेतको बराहताल गाउँपालिका–८ मसिना नजिक आगलागी भएको हो ।
जिल्ला ट्रफिक कार्यालय सुर्खेतका अनुसार गुडिरहेको बसमा अचानक ब्याट्रिको तार सर्ट भएर आगलागी भएको हो । बसमा रहेका ३० जना यात्रु सकुशल रहेकाछन् भने बसमा क्षति पुगेकाे छ ।
0 Comments
Post a Comment