रुकुम पश्चिमका घर्ती भन्छन् : श्रीपेच लगाएर आफूलाई राजा घोषणा गर्न चाहन्थेँ
सदा झै शुक्रबार पनि नारायणहिटी दरबार संग्रालय हेर्न आउनेको घुँइचो लागिरहेको थियो । सयौँ मानिसहरु दरबारका विभिन्न कोठमामा पुगेर पूर्वराज परिवारकाले प्रयोग गर्ने विभिन्न ऐतिहासिक वस्तुको अवलोकन गरिरहेका थिए ।
यही भीडमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती पनि थिए । उनी श्रीपेच राखिएको कोठामा पुगे । त्यहाँ बुलेटप्रुफ सिसाको शोकेसमा श्रीपेच राखिएको छ । खुकुरी पनि शोकेसमा राखिएको छ । र त्यसको सुरक्षामा नेपाली सेनाका पाँचजना सुरक्षाकर्मी खटिएका छन् ।
श्रीपेच भएको कोठामा पुगेपछि घर्तीको चाल बदलियो । उनले खुकुरी राखेको शोकेस फुटाल्ने प्रयास गरेर खुकुरी निकाल्न खोजे । यो देखेपछि सुरक्षाकर्मीको सहयोगमा संग्रालयका कर्मचारीले उनलाई नियन्त्रणमा लिए । घर्तीलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीको दरबारमार्ग प्रभागलाई बुझाइएको संग्रालयका सूचना अधिकृत बुद्धी गुरुङले जानकारी दिए ।
उनले भने, ‘त्यहाँ हाम्रो सुरक्षाकर्मी तैनथ हुन्छन् । चोरी हुने सम्भावना छैन । तर अवलोकन गर्न सयौँ मानिससँगै आएका उनले (घर्ती) ले खुकुरी राखेको सिसाको शोकेस फुटाल्ने प्रयास गरेपछि हामीले उनलाई नियन्त्रणमा लियौँ।’
0 Comments
Post a Comment