क्षेत्री दिवसका दिन ´हामी खस क्षेत्री` गितको बोलमा टिकटक भिडियो प्रतियोगिता !!
क्षेत्री दिवस २०७८ साल असोज २१ गते बिहिवार नेपाली हरुको महान पर्व बिजयादशमिको पावन अवसरमा जि. बि क्षेत्रीको शब्द संकलन र नेपालको पहिलो महिला रेस्लर तथा बरिस्ठ कलाकार भगवती खड्का (युनिका) को स्वरमा रहेकोे ´हामी खस क्षेत्री` स्वरको गित भर्खरै सार्वजनिक भएको छ !!! क्षेत्री दिवसका दिन ´हामी खस क्षेत्री` गितको बोलमा टिकटक भिडियो प्रतियोगिता हुदैंछ यसमा भाग लिई उत्कृष्ट टिकटक भिडियो निर्माण गर्नेलाई आयोजकले उत्कृष्ट पुरस्कार समेत दिनेछ !!!
सहभागिताको नियमहरु:
१. सहभागी महिला हरुले राष्ट्रिय पहिचान झल्किने गरि क्षेत्रीको भेषभुषा फरिया, चोलो, पटुकी लगाउनुपर्नेछ !!!
२. पुरुष सहभागी हरुले नेपालीको राष्ट्रिय पोशाक वा क्षेत्रीको चिनारी सेतो दौरा सुरुवाल, कालो जुत्ता, ढाक टोपिमा सजिनुपर्नेछ !!!
३. सहभागीले आफ्नो अन्तिम तयार भिडियो वा टिकटक भिडियो हामी खस क्षेत्री नामक फेसबुक वा म्यासेन्जरमा पठाउनु पर्नेछ !!!
४. भिडियो पठाउने अन्तिम समय २०७८ असोज २० गतेसम्म पठाइ सक्नुपर्नेछ !!!
५. उत्कृष्ट १ जना महिला, १ जना पुरुष सहभागी कलाकार लाई रु. ५/५ हजार नगद र प्रमाणपत्र सहित विशेष क्षेत्री दिवसको दिन कार्यक्रम मा सम्मान गरिनेछ !!!
६. ´हामी खस क्षेत्री` बोलको गित युटुब च्यानल रेस्लर युनिका जिबि म्युजिक लिङ्क साथै यो प्रतियोगिता सम्बन्धि सूचना कम्तीमा १०० जना आफ्ना साथिभाई हरु लाई सेयर गर्ने दुई उत्कृष्ट सहभागिता लाई रु १/१ हजार नगद सहित सम्मान गरिनेछ !!!
नोट:- खस जाती झल्किने भेषभुषा लगाएर पनि सहभागिता जनाउन सकिनेछ ! सहभागिताको लागि जुनसुकै जातजाति देशबिदेश जहाँ भएपनी क्षेत्री जाती विशेष झल्किनुपर्नेछ !!!
0 Comments
Post a Comment