थप १२७१ जनामा कोरोना संक्रमण, १,८४५ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको छ भने कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

0 Comments
Post a Comment