राउटे युवतीलाई होटलमा लिएर दुर्व्यवहार, होटल सञ्चालकसहित तीन जना पक्राउ
सुर्खेत । जंगलमा
फिरन्ते जीवन
विताउँदै आएको
राउटे समुदायका
युवतीलाई होटलमा
लगेर दुव्र्यवहार
गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन
जना पक्राउ गरेको छ। पक्राउ
पर्नेमा गुर्भाकोट
नगरपालिकाका ३५
वर्षीय दोमनबहादुर
घर्ती, २४
वर्षीय भुपेन्द्र
बुढा र
२९ वर्षीय
होटल संञ्चालक
बिनोद पुन
रहेका छन्
।
राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनै जनाले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका थिए । सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरूमाथि दुव्र्यवहार हुन थालेको छ।
भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरूबाट राउटे युवती दुव्र्यवहारको सिकार भइरहेको
स्थानीय बताउँछन्
।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका हुन्।

0 Comments
Post a Comment