गल्ती


तुलाराम वि.क.-गजलकार 


अन्जानमै हैन बरु, जानेरै गल्ती हुन्छ

जति सक्दो आफुसँग, तानेरै गल्ती हुन्छ


चुपचाप लागी बस्दा, केही नहोला तर

बरु तीर निशानमै, हानेरै गल्ती हुन्छ 


अनेक आश देखाएर,छुरा घोप्ने लाई 

जिन्दगीको सहयात्री, ठानेरै गल्ती हुन्छ


एकछिनमा मन फेर्ने, हजारौं को भिडमा

अनुहारमै लठ्ठिएर, छानेरै गल्ती हुन्छ


हिजो मात्रै साईनो गासेको मान्छेलाई

निमेष मै सबथोक, मानेरै गल्ती हुन्छ ।।


तुलाराम वि.क.(गजलकार)