सुन्दर सुर्खेत बनाउन सापकोटाको योगदान! 

 बिरेन्द्रचोकबाट ब्यानर हटाउंदै सापकोटा  


कर्णाली प्रदेशका प्रभावसाली नेकपाका युवा नेता तथा सामाजिक अभियान्ता
समाजसेवी कर्मठ निष्ठावान ब्याक्तित्व किरण सापकोटाले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई एक सुन्दर शहरको रुपमा स्थापित गर्न केहि बर्ष देखी निरन्तर अभियान चलाई रहनु भएको छ ।बाटोमा जेब्रा क्रसिङ बनाउने काम होस या सामाजिक खबरदारी गर्ने काम हरेक ठाउँमा उहाँ सकृय हुनुहुन्छ ।

सापकोटाले केहि बर्ष यता My Green and Clean School नामक  Campaign चलाएर विभिन्न सामुदायिक तथा सरकारी विद्यालयमा बगैंचा निर्माण गर्नुभएको छ। सानोमा पोलियोले गर्दा एउटा खुट्टा बिग्रेको थियो सापकोटाको। एउटा खुट्टामा समस्या भएपनि ३ वर्ष यता बिदाको दिन खर्चेर उहाँले सुर्खेतमा करिब ५०+ सामुदायिक तथा सरकारी विद्यालयमा बगैंचा निर्माण गर्नुभएको छ।

My Clean and Green school campaign मा रम्दै सापकोटा 


भनिन्छ नि हरेक कालो रात पछी एउटा सुनौलो दिन आउँछ। त्यस्तै सुरुको समयमा के नै गर्न सक्ला र यस्ले? भनेर सापकोटालाई हतोत्साहित गर्ने हरुनै अहिलेको समयमा सापकोटाले सुरु गरेका विभिन्न अभियानको सह यात्री बनेका छ्न्।

उहाँले सुरु गर्नु भएको विभिन्न अभियान मध्य सुर्खेतलाई सुन्दर सुर्खेत बनाउन;उहाँले सुरु गर्नुभएको ब्यानरमुक्त वीरेन्द्रचोक अभियानले आज सफलताको २ बर्षपुरा गरेको छ ।२ बर्ष अघि विभिन्न कार्यक्रम, संघ संस्था र अभियानको प्रचार प्रसारका लागि टासिंएका ब्यानरले कुरुप बनेको बिरेन्द्रचोकको कथाले उहाँलाई यसअभियानमा लाग्न प्रेरित गरेको थियो।आज उहाँले सुरु गरेको यो अभियान वार्डअध्यक्ष र नगरपालीकाको सहयोगमा बिरेन्द्रचोकमा ब्यानर टास्न नपाइने निर्णय बनेको छ।उहाँ सुर्खेती तथा नेपाली युवाहरुका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।

सापकोटा हिमाली पुस्तकालय सुर्खेतको उपाध्यक्ष पनि हुनुहुन्छ।

उहाँले सुरु गरेका विभिन्न अभियानको सफलताको शुभकामना।