काेराेना संक्रमणकाे कारण प्रदेश अस्पताल सुर्खेतका डाक्टर हरि सापकोटाकाे निधन
सुर्खेत।। काेराेना संक्रमणका कारण कर्णाली प्रदेश अस्पतालका अर्थोपेडिक सर्जन प्रोफेसर डाक्टर हरि सापकोटाकाे निधन भएकाे छ ।
उनलाई गएकाे असाेज ८ गते काेराेना पुष्टि भएको थियाे। उनी उपचारको लागि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । उपचारका क्रममा डाक्टर सापकाेटाकाे बिहिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएकाे हाे ।उनको ५९ वर्षको उमेरमा निधन भएको छ। उनी भेरी अस्पताल नेपालगञ्जमा
आईसीयूमा उपचाररत थिए।उनको केही बेर अघि मात्रै मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए छन् ।
0 Comments
Post a Comment