रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा राखियो गजुर 




रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज २०७७/०६/१५ गते (बिहीबार) का दिन गजुर राखिएको छ।


२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ। मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च रहेको छ।




ताम्रपत्रमा सुनको लेपन लगाएर गजुर बनाइएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव आर्यालले मन्दिरमा राखिएका सबै गजुर मा करिब २८ तोला सुनको जलप लगाइएको बताएका छन्।