दीपिका, श्रद्धा र साराको ड्रग्स  कनेक्शन भेटिएन!




नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकात्रय दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको उल्लेख गरेको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल फोन समेत जफत गरिएको थियो । तर, मोबाइल फोनको जाँचका क्रममा तीन नायिका र अवैध रुपमा ड्रग्सको धन्दा गर्ने गिरोहसँग  कुनै पनि कनेक्शन पुष्टी हुन सकेको छैन ।

एनसीबीसँगको बयानका क्रममा तीनै जना नायिकाले आफूहरुले ड्रग्सको सेवन नगरेको बताएका थिए । भारतीय मिडियाका अनुसार, यदि छानविनको क्रममा कुनै बलियो प्रमाण भेटिएको खण्डमा मात्र फेरि यी तीन नायिकाहरुसँग एनसीबीले सोधपुछ गर्नेछ ।