धुर्मुस सुन्तली फाउन्डेसन्लाई आज सम्मकै ठुलो सहयोग !
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले मंगलबार धुर्मुस सुन्तली फाउन्डेसन्लाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेका हुन् ।
महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढङ्गले निर्माणको काम अगाडि बढाइरहेकोमा खुशी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन् । उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै सङ्घ,प्रदेश र अन्य निकायले गर्ने आर्थिक सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको जानकारी दिइन् ।
यो महनगरपालिका द्वरा गरिएको आज सम्म्कै सबै भन्दा ठुलो आर्थीक सहयोग हो ।

0 Comments
Post a Comment