कर्णाली प्रदेश सभा सदस्य को कति जान्छन् संसदमा?
कर्णाली प्रदेश सभा स्थापना भएको करिब ४ वर्ष पुग्नै लागेको छ । २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनबाट कर्णालीका दशवटा जिल्लाका २४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २४ जना प्रदेश सभा सदस्यहरु निर्वाचित भए ।संविधानमा व्यवस्था भएवमोजिम १६ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत गरी जम्मा ४० सदस्यीय प्रदेशसभा बन्यो । राजनीतिक परिवर्तनका कारण हाल कर्णाली प्रदेश सभा ३५ सदस्यीय छ ।हालसम्म प्रदेश सभाका आठवटा अधिवेशनहरु सम्पन्न भइसकेका छन् ।
आठ अधिवेशनमा जम्मा एक सय ६७ वटा बैठकहरु सम्पन्न भए । पहिलो अधिवेशनमा २२, दाेस्रो अधिवेशनमा ४१ वटा, तेस्रो अधिवेशनमा १३, चौंथो अधिवेशनमा ३३, पाँचौं अधिवेशनमा ७ वटा, छैटौं अधिवेशनमा २९, सातौं अधिवेशनमा ४ वटा र आठौँ अधिवेशनमा १८ वटा प्रदेशसभा बैठकहरु सम्पन्न भएका छन् । गत असार ३० गते आठौँ अधिवेशन अन्त्य गरिएको भएपनि अँझैसम्म प्रदेश सभाको नवौँ अधिवेश भने बोलाउने सुरसार छैन् ।
संविधानले व्यवस्था गरेबमोजिम प्रदेश अनुकुलको नीति प्रदेशकै नागरिकबाट चुनिएका जनप्रतिनिधिले बनाउनका लागि प्रदेश सभा सदस्यहरु निर्वाचित भए । तर कतिपय प्रदेश सभा सदस्यहरु संसद बैठक भन्दा पनि अन्य कार्यक्रमहरु र आतिथ्यतामा व्यस्त हुँदा प्रदेशसभामा भएका महत्वपुर्ण छलफलमा भाग लिन छुट्ने अवस्था आयो । कर्णाली प्रदेश सभाको आठ अधिवेशसनमा १ सय ६७ वटा बैठकको हाजिरी हेर्दा मुख्य भुमिकामा रहेका र प्रभावशाली नेतृत्वहरुको नै संसद बैठकमा हाजिरी कम देखियो । विशेषगरी प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री र मन्त्रीहरुको संसद बैठकमा उपस्थिति निकै कम देखिएको हो ।
सबैभन्दा धेरै हाजिर हुने पाँच सांसद
सबैभन्दा कम हाजिर हुने पाँच सांसद
प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही संसदका हालसम्मका १६७ बैठकमध्ये जम्मा ६५ बैठमा उपस्थित भएका छन् कुल वैठक संख्याको ३८ प्रतिशतमात्रै हो । त्यसैगरी प्रदेश सभा सदस्य कृष्णा शाह र विमला केसी समान ७३ प्रतिशत, नरेश भण्डारी ७४ प्रतिशत र खड्गबहादुर खत्री ७५ प्रतिशत प्रदेशसभा बैठकमा उपस्थित भएका हुन् ।
भर्खरै मुख्यमन्त्रीको सपथ लिएका जीवनबहादुर शाही ७८ प्रतिशत संसद बैठकमा उपस्थित भएका छन् । उनी जम्मा १३२ वटा संसद् बैठकमा उपस्थित भएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कंडेल ७८ प्रतिशत बैठकमा उपस्थित भएका छन् ।
यस्तो छ अन्य प्रदेश सभा सदस्यहरुको हाजिरी
0 Comments
Post a Comment