सुर्खेतका वेपत्ता पारिएकाहरुका परिवारलाई असोज
१७ गते परिचयपत्र वितरण गरिँदै (सूचीसहित)
सुर्खेत। यही असोज १७ गते सुर्खेतका वेपत्ता पारिएकाहरुका परिवारलाई परिचयपत्र वितरण गर्न लागिएको छ। जिल्ला प्रशासन कार्यालयामा बोलाएर उनीहरुलाई परिचय पत्र दिन लागिएको हो।
उनीहरुलाई परिचय पत्र वितरण गर्न वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य विश्वप्रकाश भण्डारी आउन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएकाहरुलाई असोज १७ गते कार्यालयमा आउन प्रशासनले वेपत्ता पारिएका परिवारको सूचिसहित सूचना जारी गरेको छ।
प्रशासनको सूचना अनुसार सुर्खेतमा वेपत्ता पारिएका ५६ जनाका परिवारलाई परिचयपत्र दिईनेछ।
0 Comments
Post a Comment